Media Network

सिबिफिनले भूकम्पपीडितलाई १० लाख सहयोग गर्ने


खबरस्टोरी संवाददाता

२० कार्तिक २०८०,सोमबार

काठमाडौँ।बैँक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पमा पीडित भएकाहरूलाई १० लाख सहयोग गर्ने घोषणा गरेको छ ।

आइतबार एक विज्ञप्ति प्रकाशित गरी सिबिफिनले जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमार्फत तत्कालका लागि १० लाख रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने जानकारी दिएको हो ।

साथै बैंक तथा वित्तीय संस्थाहरूलाई भूकम्पपीडितहरूलाई सहयोग गर्न आग्रह गरेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद