Media Network

सफा हिमाल अभियान २०२३ : सगरमाथाबाट ३५ हजार सात सय आठ किलोग्राम फोहोर संकलन


खबरस्टोरी संवाददाता

२४ जेष्ठ २०८०,बुधबार

काठमाडौैं।नेपाली सेनाको नेतृत्वमा युनिलिभर नेपालसँगको सहकार्यमा सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालहरूबाट फोहोर र प्लास्टिकको सरसफाई र हटाउने “सफा हिमाल अभियान २०२३” यस वर्ष २०८० जेठ ८ गते सम्पन्न भएको छ । यस वर्षको अभियानले यी हिमालहरूबाट ३५ टन फोहोर र प्लास्टिक हटाउने लक्ष्य राखेको थियो, जुन लक्ष्य हालै पुरा भएको थियो । 

यस अभियान मार्फत हिमालबाट ३५,७०८ केजी फोहोर संकलन गरिएको थियो । स्थानीयवासी र स्वयंसेवकको सहयोगमा गत चैत १४ गतेबाट सुरु भएको यो अभियानबाट सगरमाथा–ल्होत्से क्षेत्रबाट १३,६२१ किलो फोहोर र प्लास्टिक सङ्कलन गर्न सफल भएको थियो भने अन्नपूर्णबाट ३,५६७ किलो र  बरुञ्चेबाट १८,५२० केजी गरी, जम्मा गरी ३५,७०८ केजी फोहोर यी क्षेत्रबाट हटाइयो । 

यस कार्यक्रममा युनिलिभर नेपालका प्रबन्ध निर्देशक, अमलान मुखर्जीले युनिलिभर नेपालले नेपालको सेवा गर्न पाउँदा गर्व महसुस गरेको र नेपाली सेनासँगको यस सहकार्यको प्रयासमा सहभागी हुन पाउँदा र दिगोपनका यी स्थायित्व पहलहरूमा धेरै अन्य समर्थकहरूको साथमा चेतना जगाउन पाउँदाकम्पनीले सम्मानित महसुस गरेको बताए । 

जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने र यी महत्त्वपूर्ण चुचुराहरूको मौलिक प्रकृतिलाई जोगाउने प्रयासलाई यी अभियानहरूद्वारा बढावा दिएको छ । वातावरणमा सुधार पार्ने यस्ता प्रयासहरूलाई समर्थन र कदर गर्नुपर्दछ भन्ने युनिलिभरको विश्वास रहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद