Media Network

सिंगटी हाईड्रोले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न पायो अनुमति


खबरस्टोरी संवाददाता

१२ पुष २०८०,बिहीबार

काठमाण्डौ । सिंगटी हाईड्रो इनर्जीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको छ ।कम्पनीलाई पुस ११ गते हकप्रद निष्कासन गर्न अनुमति पाएको हो ।

कम्पनीले १ करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ । कम्पनीले १ ः १ को अनुपातमा शतप्रतिशत हकप्रद सेयर जारी गर्नेछ ।

कम्पनीले हकप्रद वापतको रकम अन्य जलविद्युत आयोजनामा लगानी गर्ने योजना बनाएको छ ।

कम्पनीले सिगंटी खोला विद्युत् आयोजना २५ मेगावाट क्षमताको आयोजना निर्माण गरि २०७८ साउन १७ गतेबाट व्यापारिक उत्पादन सुरु गरेको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद