Media Network

सहकारी विभागको रजिस्ट्रारमा घिमिरे नियुक्त


खबरस्टोरी संवाददाता

२६ मंसिर २०८०,मंगलवार

काठमाडौँ । संघीय सहकारी विभागको रजिस्ट्रारमा पिताम्बर घिमिरे नियुक्त भएका छन् । यस अघिका रजिष्ट्रार नमराज घिमिरेको सरुवासँगै उनलाई रजिस्ट्रारको जिम्मेवारी दिइएको हो ।

घिमिरे यस अघि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत थिए । निजामती सेवामा २५ वर्ष बिताएका घिमिरेले त्यस अवधिमा विभिन्न सरकारी निकायहरूमा रहेर काम गरिसकेका छन् ।

उनी भूमि व्यवस्थापन तथा अभिलेख विभागको महानिर्देशक भइसकेका छन् भने विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर अनुभव हासिल गरेका छन् । घिमिरेलाई मङ्सिर २५ गतेदेखि सहकारी विभागको रजिस्ट्रारको जिम्मेवारी दिइएको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद