Media Network

सोलुखुम्बुबाट काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन


खबरस्टोरी संवाददाता

२६ असार २०८०,मंगलवार

काठमाडौँ । सोलुखुम्बुबाट काठमाडौंबाट उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको हो ।

सोलुखुम्बुको सुर्केबाट ९ एन एमभी कलसाइन रहेको हेलिकप्टर बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको हो ।उक्क्त हेलिकप्टरमा चालक चेतबहादुर गुरुङसहित ५ जना यात्रु थिए ।लुक्ला विमानस्थलको मौसम खराब भएकाले काठमाडौंबाट गएको उक्त हेलिकप्टर सुर्केमै अवतरण गरिएको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद