Media Network

सोमबार २१ अर्ब १० करोड रुपैयाँँको ट्रेजरी बिल जारी हुने


खबरस्टोरी संवाददाता

२२ माघ २०७९,आईतवार

काठमाडौं।नेपाल राष्ट्र बैंकले सोमबार २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्ममा सो परिमाणको ट्रेजरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । 


माघ २४ गते जारी मिती तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । जसमध्ये २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको सात अर्ब १० करोड, एक सय ८२ दिने अवधिको सात अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैंयाँको ट्रेजरी  बिल रहेको छ । यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ फागुन २३ गते, २०८० बैशाख २६ गते, २०८० साउन २३ गते र २०८० माघ २३ गते तोकिएको राष्ट्र बैंकको भनाई छ । 

सो दिन बिक्री हुने कुल ट्रेजरी बिल मध्येमा २८, ९१ र ३६४ दिने अवधिको कुल १४ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी पुरानो नविकण अन्र्तगत रहेको छ । यसबाहेक  बाँकी सात अर्ब रुपैंयाँको ट्रेजरी बिल नयाँ रहेको राष्ट्र बैंकको भनाई छ ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद