Media Network

सामसङ इलेक्ट्रोनिक्सको नयाँ अफर, ४१ प्रतिशतसम्म क्यासब्याक


खबरस्टोरी संवाददाता

२३ चैत्र २०७९,बिहीबार

काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आफ्ना विभिन्न इलेक्ट्रोनिक उत्पादनमा ४१ प्रतिशतसम्म क्यासब्याक दिने नयाँ अफर सार्वजनिक गरेको छ ।

कम्पनीले नयाँ वर्ष २०८० जेठ २ गतेसम्म लागू हुने गरी कम्पनीका लेटेस्ट रेञ्जका टीभी, रेफ्रिजेरेटर र वाशिङ मेसिनमा नयाँ अफर सार्वजनिक गरेको जनाएको छ ।

नयाँ अफरमा सामसङले कन्जुमर ड्युरेवल्स वस्तुमा ४१ प्रतिशतसम्म क्यासब्याक दिने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार सामसङ टीभीमा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ ।

त्यस्तै डिजिटल इन्भर्टर डबल डोर र सिंगल डोर रेफ्रिजरेटरमा २५ प्रतिशतसम्म क्यासब्याक ग्यारेन्टी, एआई इकोबबल टीएम वाशिङ मेसिनमा २८ प्रतिशतसम्म क्यासब्याक ग्यारेन्टी तथा फ्रन्ट लोड वासिङ मेसिनमा २५ प्रतिशतसम्म छुट प्रदान गरिएको कम्पनीले बताएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद