Media Network

सामसङ टिभी उत्पादन गर्ने फ्याक्ट्री अब नेपालमै


खबरस्टोरी संवाददाता

८ भाद्र २०७९,बुधबार

काठमाडौं । अब नेपालमै सामसङ टिभी बन्ने भएको छ । दक्षिण कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ र नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसनको लगानीमा नवलपरासीको भूमेरोडमा टिभी उत्पादन गर्ने फ्याक्ट्री खोल्न लागेको हो ।

तत्कालका लागि टिभी मात्रै उत्पादन गर्ने गरी बन्न लागेको फ्याक्ट्रीको बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले शिलान्यास गरेका छन्। 

शिलान्यास गर्दै मन्त्री दिलेन्द्र प्रसाद बडुले विदेशी लगानी भित्र्याउन सरकारले नीतीगत र प्रशासनिक सुधारहरू गरेको भन्दै विदेशी लगानी लिएर आउन उनले लगानीकर्ताहरुलाई आग्रह गरे ।

 अहिलेसम्म नेपालमा सामसङ टिभी गोल्छा अर्गनाइजेसनले आयात गरेर बिक्री वितरण गरिरहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद