Media Network

समृद्घि फाइनान्समा नायव प्रमुख कार्यकारी अधिकृत नियुक्त


खबरस्टोरी संवाददाता

१७ कार्तिक २०७९,बिहीबार

काठमाडौं।समृद्धि फाइनान्समा नायव प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) पदमा गोकर्ण प्रसाद दुवाडी नियुक्त हुनुभएको छ । फाइनान्सकोे सञ्चालक समितिको वैठकले दुवाडीलाई डिसीईओ नियुक्त गरेको हो ।

वित्तीय क्षेत्रको व्यवस्थापकीय भुमिकामा रही करिब १८ बर्षभन्दा बढी लामो अनुभव सम्हालेका दुवाडीले यस भन्दा अगाडि नेको इन्सोरेन्स लिमिटेडमा प्रमुख व्यवस्थापकको रुपमा रही कार्य गरेका थिए । साथै, हालै सो संस्थाका प्रमुख व्यवस्थापक विनोद राज पौडेलको  नायव महाप्रबन्धक पदमा बढुवा भएको छ । समृद्धि फाइनान्सले मुद्दति निक्षेपको योजना अन्तर्गत ६६ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ ।

यसका साथै फाइनान्सले ८ वर्ष ८ महिनामा पैसा तेब्बर, १२ वर्ष ८ महिनामा पैसा पाँच गुणा र १६ वर्ष ५ महिनामा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद