Media Network

सोमवार १० अर्ब २० करोड रुपैंयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक


खबरस्टोरी संवाददाता

१ श्रावण २०७९,आईतवार

काठमाडौं । सोमबार नेपाल राष्ट्र बैंकले १० अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सो दिन अपरान्ह ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

साउन ३ गते जारी मिति तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु सहभागी हुन सक्नेछन् । 

सोमवार बिक्री गरिने ट्रेजरीमा २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको पाँच अर्ब २० करोड रुपैंयाँको रहेको छ । यि टे«जरीहरुको परिपक्व हुने अवधि भने २०७९ साउन ३१ गते र २०७९ कात्र्तिक १ गते रहेको छ । 

राष्ट्र बैंकका अनुसार यी दुबै ट्रेजरी पुरानो नविकरण अन्र्तगतको रहेको छ । राष्ट्र बैकले गत साता पनि २२ अर्ब ६० करोड रुपैंयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । 

राष्ट्र बैंककाे सूचनाः      


Share:
Reaction :
ताजा समाचार
खेलकुद