Media Network

सन २०२३ मा नेपालको आर्थिक वृद्धिदर घट्ने मुद्रास्फीति बढ्ने


खबरस्टोरी संवाददाता

२१ चैत्र २०७९,मंगलवार

काठमाडौँ।एशियाली विकास बैंक (एडिबी)ले सन २०२३ मा नेपालको आर्थिक वृद्धिदर घटने तथा मुद्रास्फीति बढ्ने प्रक्षेपण गरेको छ ।

एशियाली डेभलपमेन्ट आउटलुक प्रतिवेदन सार्वजनिक गर्दै एडिबीले सन २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्रै हुने अनुमान गरेको छ । एडिबीले सन २०२२ मा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने प्रक्षेपण गरेको थियो

राष्ट्र बैंकले आयातमा नियन्त्रण, बैंक ब्याजदरमा कडाई गरेपछि यो आवमा आर्थिक वृद्धिरमा केहि संकुचन आएपनि आगामी आर्थिक बर्ष सन २०२४ मा भने पुनः आर्थिक वृद्धिदर ५ प्रतिशत पुग्ने प्रक्षेपण एडिबीको छ ।

यस्तै एडिबीले यो बर्ष नेपालको मुद्रास्फीति भने बढेर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । आव २०२२ मा नेपालको मुद्रास्फीति ६.३ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद