Media Network

सन् २०२३ देखि २०३२ लाई पर्यटक दशकका रूपमा मनाइने


खबरस्टोरी संवाददाता

१५ जेष्ठ २०८०,सोमबार

काठमाडौं । सरकारले सन् २०२३ देखि २०३२ सम्मको १० वर्षको अवधिलाई पर्यटन दशकका रूपमा मनाउने घोषणा गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सो घोषणा गरेका हुन् ।

अतिथि देवो भवः भन्ने मान्यताअनुसार पर्यटकीय सेवाको गुणस्तर सुधार गर्ने अर्थमन्त्री बताए ।

सन् २०२३ मा नेपाल आउने पर्यटकको संख्या १० लाख पु¥याइने पनि उनले घोषणा गरे ।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल घुमौँ नेपाल चिनौँ’ नारासहित अभियान सञ्चालन अर्थमन्त्रीको बजेट वक्तव्यमा उल्लेख छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद