Media Network

सुनचाँदीको मूल्य स्थिर


खबरस्टोरी संवाददाता

९ पुष २०८०,सोमबार

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघले आजको मूल्यसूची तोक्दै हिजोकै मूल्य आज सुन र चाँदीको कारोबार भइरहेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ९०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १९ हजार ३५० रुपैयाँ छ । हिजो आइतबार समेत यही मूल्यमा सुनको कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत स्थिर छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १४ सय ७५ रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा चाँदीको मूल्य कारोबार भएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद