Media Network

सुनको भाउ एक हजार रुपैयाँले घट्यो


खबरस्टोरी संवाददाता

९ आश्विन २०७९,आईतवार

काठमाडौं । नेपाली बजारमा आज आइतबार पहेँलो धातु सुनको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको हो ।

शुक्रबार ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार ३ सय प्रतितोला कायम भएको छ । शुक्रबार तेजावी सुन ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको भाउ ३० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १२ सय रुपैयाँमा खरिद बिक्री भएको चाँदीको भाउ आज ११ सय ७० रुपैयाँ कायम भएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद