Media Network

सुनको मूल्य प्रतितोला तीन सयले बढ्यो


खबरस्टोरी संवाददाता

८ भाद्र २०७९,बुधबार

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले बढेर रु ९५ हजार तीन सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९५ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार पाँच सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार एक सय ६५ तोकिएकोे महासंघले जनाएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद