Media Network

सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढ्यो


खबरस्टोरी संवाददाता

२० बैशाख २०८०,बुधबार

काठमाडौं । साताको चौथो कारोबारको दिन सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको छ ।

बुधबार आज छापावला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन मंगलबार छापावला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कायम रहेको थियो ।नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कायम रहेको छ । मंगलबार तेजावी सुनको मूल्य १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

साथै,आज चाँदीको मूल्य पनि प्रतितोला२० रुपैयाँले बढेको छ । आज प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद