Media Network

सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो


खबरस्टोरी संवाददाता

२३ चैत्र २०७९,बिहीबार

काठमाडौँ । अघिल्लो दिनको तुलनामा बुधवार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । । आज ८ सय रुपैयाँले घट्दै सुनको मूल्य १ लाख १० हजार २ सय रुपैयाँमा झरेको छ । 

यस्तै यता तेजाबी सुनको मूल्य समेत आज तोलामा ८ सय रुपैयाँले नै घट्दै १ लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यता चाँदीको मूल्य भने आज तोलामा ३५ रुपैयाँले बढ्दै १ हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढ्दैगर्दा यता चाँदीको मूल्य स्थिर रहेको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद