Media Network

सुनको मूल्य स्थिर


खबरस्टोरी संवाददाता

१ भाद्र २०८०,शुक्रबार

काठमाडौँ । भदौ महिनाको पहिलो दिन नेपाली बजारमा चाँदीको मूल्य बढ्दा सुनको मूल्यमा स्थिरता कायम भएको छ । अघिल्लो दिन १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही कायम भएको हो । 

यस्तै, तेजाबी सुनको मूल्यमा समेत अघिल्लो दिनकै मूल्य कायम हुँदै आज पनि प्रतितोला १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

तर, यता चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले बढ्दै १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद