Media Network

सुनको मूल्य स्थिर


खबरस्टोरी संवाददाता

१९ कार्तिक २०८०,आईतवार

काठमाडौं ।आज सुनको मूल्य स्थिर  रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारकै मूल्यमा सुनको कारोबार भइरहेको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ३५० रुपैयाँ कायम छ । गत साताको शुक्रबार समेत यही मूल्यमा सुनको कारोबार भएको थियो ।

सुनको मूल्य घटेपनि आज चाँदीको भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर कारोबार भइरहेको छ । गत साताको शुक्रबार तोलामा १३ सय ९० रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा १४ सय १५ रुपैयाँ छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद