Media Network

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो


खबरस्टोरी संवाददाता

१७ चैत्र २०७९,शुक्रबार

काठमाडौं । साताको अन्तिम दिन आज (शुक्रबार)सुनको भाउ  उकालो लागेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँले बढ्दै १ लाख ९ हजार २ सय रुपैयाँ पुगेको हो । 

यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकोम छ । 

फागुन ५ गते सुनको हालसम्मकै उच्च विन्दु प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियो ।  यता चाँदी भने अघिल्लो दिन मूल्यमा २५ रुपैयाँले बढ्दै आज प्रतितोला एक हजार ४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद