Media Network

सुनको मूल्य तोलामा एक हजारले बढ्यो


खबरस्टोरी संवाददाता

२१ चैत्र २०७९,मंगलवार

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ पुनःआज बढेर एक लाख ९ हजार रुपैयाँमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा एक हजार रुपैयाँले बढ्दै एक लाख ९ हजार रुपैयाँ पुगेको हो । 

अघिल्लो दिन छापावाला सुन प्रतितोला एक लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै एक लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

त्यस्तै चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा १० रुपैयाँले बढ्दै प्रतितोला एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद