Media Network

सुनको मुल्यमा नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?


खबरस्टोरी संवाददाता

२१ बैशाख २०८०,बिहीबार

काठमाडौं । नेपाली बजारमा आज बिहीबार पहेँलो धातु सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

यसअघि ०७९ चैत २२ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो।आज सुन प्रतितोला एक लाख ११ हजार ८ सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा आठ सय रुपैयाँ बढी हो। अघिल्लो कारोबार दिन ९बुधबार० तोलामा एक हजार ८ रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार २ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला २० रुपैयाँ बढेको हो।

Share:
Reaction :
ताजा समाचार
खेलकुद