Media Network

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै १ लाख ११ हजार


खबरस्टोरी संवाददाता

२२ चैत्र २०७९,बुधबार

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको भाउमा नयाँ रेकर्ड कायम गर्दै बुधबार एकै दिन सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ११ हजार रुपैयाँमा पुगेको छ ।

यो मूल्य अहिलेसम्मको उच्च मूल्य हो । यसअघि ५ चैतमा उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुनको भाउ प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि सुनको मूल्य एक हजार रुपैयाँले बढेको थियो । सोहि दिन छापावाल सुन प्रतितोला १ लाख ९ हजार र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ। बुधबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा किनबेच भएको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद