Media Network

सानिमा बैंक नेपाल प्रहरीबिच सम्झौंता


खबरस्टोरी संवाददाता

६ श्रावण २०७९,शुक्रबार

काठमाडौ। सानिमा बैंक र नेपाल प्रहरी अस्पताल महाराजगंजबिच सम्झौंता भएको छ । बैंकका अनुसार न्यून आर्थिक अवस्था भएका महिलालाई उपचार गर्न उक्त सम्झौता भएको  हो । सम्झौता अनुसार बैंकले अस्पताललाई आर्थिक सहयोग गर्नेछ । 

बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरुलाई उपचार गर्न वार्षिक चार लाख ८० हजार रुपैयाँ दिनेछ। बैंकले नारी बचत खाता वापत मासिक एक रुपैयाँ नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ । सम्झौतापत्रमा अस्पतालका प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंह र सानिमाका सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाइँले हस्ताक्षर गरेका हुन । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद