Media Network

सानिमा बैंकको मोबाइल बैंकिङ्ग योजनामा विशेष अफर


खबरस्टोरी संवाददाता

१५ भाद्र २०७९,बुधबार

काठमाडौं।सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग प्रयोगमा प्रोत्साहन गर्न विशेष योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत, सानिमा मोबाइल बैंकिङ्गबाट पहिलो पटक टप अप गर्ने ग्राहकहरुले १० प्रतिशत वा अधिकतम एक सय रुपैंयाँसम्मको क्यास ब्याक प्राप्त गर्र्न सक्ने छन् । यसैगरी मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्ये सबै भन्दा बढी कारोबार गर्ने तीन जना ग्राहकहरुले मोबाइल फोन जित्न सक्ने छन् । मोबाइल बैंकिङ्ग एप मार्फत् फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्यु आर कोडबाट भुक्तानी, मोबाइल टपअप आदि गर्न सक्ने छन् । यो योजना २०७९ भाद्र १३ देखि २०७९ मंसिर १३ गतेसम्म लागू हुनेछ ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद