Media Network

सानिमा बैंकको दशैं र तिहारमा विशेष छुटको योजना


खबरस्टोरी संवाददाता

१४ आश्विन २०७९,शुक्रबार

काठमाडौं।नेपालीहरुको महान चाड वडा दशैंं र तिहारको अवसरमा, सानिमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी क्यु आर कोड मार्फत् भुक्तानी गर्ने ग्राहकहरुलाई १० प्रतिशत वा अधिकतम एक सय रुपैंयाँसम्मको छुट प्रादन गर्ने भएको छ । यो योजना २०७९ आश्विन १६ देखि २२गते र कार्तिक ७ देखि १२ गतेसम्म फोनपे मर्चेन्टहरुमा मात्र लागू हुने बैंकले जानकारी दिएको छ । 

योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीनरूपमा नगदको प्रयोग घट््ने बैंकको विश्वास छ । बंैकको देशका सातै प्रदेशमा एक सय २७ वटा कार्यालय तथा एक सय २० वटा ए.टि.एम. संचालनमा रहेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद