Media Network

सोनापुर मिनरल्सले डाक्यो १६औँ वार्षिक साधारण सभा


खबरस्टोरी संवाददाता

४ माघ २०८०,बिहीबार

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको माघ ३ गते बसेको बैठकले माघ २६ गते दाङ्गको होटल माला इनमा बिहान १० बजे १६औँ वार्षिक साधारण सभा बोलाएको हो ।
कम्पनीको सभाले आर्थिक वर्ष २०७९÷८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०÷८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।
यस्तै, सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन र प्रबन्ध सञ्चालक तथा अन्य सञ्चालकको सेवा सुविधा सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।
यस्तै, कम्पनीको उद्देश्य थप संशोधन गर्ने, प्रबन्धपत्र संशोधन गर्ने र कम्पनीको हाल कायम चुक्ता पुँजी र सञ्चित नाफाको जम्मा रकमभन्दा बढीको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम अनुमोदन गर्नेछ ।
वार्षिक साधारणसभा प्रयोजनका लागि माघ १२ गते सेयरधनी किताब बन्द (बुक क्लोज)गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा माघ ११ गतेसम्म कायम सेयरधनीहरू मात्रै कम्पनीको साधारणसभामा सहभागी हुन सक्ने छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद