Media Network

सेन्साई को “३ को झट्का” नामक दशैं योजना सार्वजनिक


खबरस्टोरी संवाददाता

१० भाद्र २०७९,शुक्रबार

काठमाडौँ।जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नजिकिरहेको नेपालीहरुको चाड दशैं तिहार २०७९ लाई लक्षित गर्दै सेन्साई ३ को झट्का, दशैंमा उपहारको फड्का नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिदमा लक्की ड्र मार्फत २ भाग्यशाली ग्राहकहरुले एप्पल आइफोन १३, ३ भाग्यशाली ग्राहकहरुले एप्पल आइप्याड १०.२ जस्ता आकर्षक उपहारहरु जित्न सक्नेछन् भने बम्पर लक्की ड्र मार्फत १

भाग्यशाली ग्राहकले यामाहा आर १५ भिथ्री जित्न सक्ने कम्पनीले जनाएको छ । साथै सेन्साईले आफ्नो विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरु र निशुल्क डेलीभरी पनि प्रदान गर्नेछ । सेन्साईका सामानहरुको खरिद गरे पश्चात ग्राहकहरुले आफुलाई लक्की ड्रमा सहभागी गराउन क्भ्ल्क्भ्क्ष् टाईप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखि ३१००३ मा एस्.एम.एस् गर्नुपर्नेछ । कम्पनीले यो योजना भाद्र ९,२०७९ देखि सिमित अवधिका लागि मात्र लागु गरेको जनाएको छ । सेन्साई ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इओएल रहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद