Media Network

सेञ्चुरी बैंकको निक्षेप १ खर्बभन्दा माथि


खबरस्टोरी संवाददाता

१ श्रावण २०७९,आईतवार

काठमाडौ । सेञ्चुरी कमर्सियल बैंकले आव २०७८÷०७९ को चौथो त्रैमाससम्म कुल १ खर्ब १ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । २०७८ असार मसान्तसम्ममा बैंकको निक्षेप ९६ अर्ब ९९ करोड रुपैयाँ थियो ।

यस्तै, २०७९ असार मसान्तसम्ममा बैंकले कुल ९१ अर्ब ४६ करोड कर्जा लगानी गरेको छ । यो रकम एक आर्थिक वर्ष अघिको तुलनामा १० अर्ब रुपैयाँले बढी हो । समिक्षा वर्षमा बैंकको कर्जा विस्तार करिव १२ प्रतिशतले भएको छ ।

साथै, बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८७.९८ प्रतिशत कायम भएको छ भने तरलता अनुपात २५.०६ प्रतिशत कायम भएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद