Media Network

सेञ्चुरी कर्मसियल बैंकको १२ औं बार्षिक साधारण समा सम्पन्न


खबरस्टोरी संवाददाता

१४ पुष २०७९,बिहीबार

काठमाडौं।सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको १२ औं वार्षिक साधारण सम्पन्न भएको छ । बैंकको अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा बिहिबार आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाण्डौंमा बैंकले बार्षिक साधारण सभा सम्पन्न गरेको हो । 

सभाले शेयरधनीहरुलाई आ.व. २०७८/७९ को मुनाफाबाट चुक्ता पुँजी रकम नौं अर्ब ५५ करोड ३९ लाख नौं हजार एक सय ९८ रुपैंयाँ मध्येबाट चार दशमलव ७५ प्रतिशते बोनस सेयर र शुन्य दशमलव २५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाले  लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ को वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सो सम्बन्धी अनुसूचि पारित गरेको छ ।

सभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने सम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ । चालु आवको असोज मसान्तसम्म बैंकले कुल निक्षेप ९७ अर्ब २९ करोड र कुल कर्जा रकम ८७ अर्ब ४५ करोड रुपैंयाँ परिचालन गरी ३१ करोड ८५ लाख रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद