Media Network

स्पेक्ट्रलाइट प्रतिस्पर्धाबाट छानिएको होः एनसेल


खबरस्टोरी संवाददाता

२१ मंसिर २०८०,बिहीबार

काठमाडौँ।एनसेलले आफ्नो ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट युके लिमिटेड प्रतिस्पर्धाबाट छानेको बताएको छ। बुधबार एनसेलले एक विज्ञप्ति जारी गर्दै ८० प्रतिशत शेयर प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएर स्पेक्ट्रलाइट युके लिमिटेड छानिएको जनाएको हो। स्पेक्ट्रलाइटका सञ्चालक सतिशलाल आचार्यले आफू प्रतिस्पर्धीहरूमध्ये पहिलो भएर छानिएको बताएका छन्।

‘आजियाटाले रेजोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहको कम्पनी) मा रहेको आफ्नो शेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पर्धीहरू मध्येबाट पहिलो भइ छानिएको हो,’ उनले भने। एनसेलले कर तिर्नुपर्ने भएमा नेपालको कानुन अनुसार पालना गर्न प्रतिबद्ध रहेको पनि विज्ञप्तिमार्फत जनाएको छ।

आवश्यक सहमतीका लागि एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणसँग छलफल गरिरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।एनसेलका अनुसार शेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेता मार्फत निर्धारण गरिएको हो।

सहमति भएको सम्झौता ढाँचा अनुसार, आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात सन् २०२२ सम्म थप लाभहरू नाफा बाँडफाँटको रूपमा प्राप्त गर्नेछ।
शेयरको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको भन्दै कम्पनीले निश्चित समयावधीभित्र प्राप्त गर्ने एनसेलले जनाएको छ।

‘यस शेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ, जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीले निश्चित समयावधीभित्र प्राप्त गर्नेछ,’ एनसेलले भनेको छ, ‘यस बाहेक, जो परिवर्तनकारी सम्झौताले एनसेललाई नेपाली मूलको बृहत्तर स्वामित्व सहित कम्पनी र व्यवस्थापनतर्फ एनसेलको विकासलाई डोर्याउने छ।’

Share:
Reaction :
ताजा समाचार
खेलकुद