Media Network

सरकारी लगानी सञ्चालित ९ संस्थाको खुद नाफा ५६ अर्ब ५ करोड नाघ्यो


खबरस्टोरी संवाददाता

४ भाद्र २०८०,सोमबार

काठमाडौँ।सरकारी लगानी सञ्चालित ९ संस्थाले गत आर्थिक वर्षमा ५६ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।प्रधानमन्त्रीको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार सरकारी लगानीमा सञ्चालितमध्ये ९ संस्थाले मात्रै यो नाफा आर्जन गरेका हुन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा तुलनात्मक रुपमा बढी नाफा आर्जन गर्नेहरुको मात्र तथ्याङ्क हो ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा सरकारी लगानीमा सञ्चालित ४४ सार्वजनिक संस्थानमध्ये नेपाल आयाल निगम लिमिटेड सबैभन्दा धेरै मुनाफा आर्जन गर्ने संस्थान बनेको छ । निगमले एक वर्षमा १८ अर्ब रुपैयाँ नाफा कमाएको छ ।

निगमपछि सबैभन्दा धेरै नाफा गर्ने संस्थानको सूचीको दोस्रो स्थानमा रहेको नेपाल विद्युत प्राधिकरण छ । प्राधिकरणले गत आवमा १२ अर्ब ३३ करोड नाफा गरेको छ । यसबीचमा नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले ७ अर्ब ८० करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ४ अर्ब ९१ करोड रुपैयाँ र निक्षेप तथा कर्जा सुरक्षण कोषले ३ अर्ब ८० करोड रुपैयाँ नाफा कमाएको छ ।

यस्तै गत आवमा नेपाल बैंक लिमिटेडले ३ अर्ब ४१ करोड रुपैयाँ र कृषि विकास बैंकले ३ अर्ब १० करोड रुपैयाँ नाफा कमाएका छन् । यस्तै नागरिक लगानी कोषले ९० करोड ७८ लाख रुपैयाँ कमाएको छ भने राष्ट्रिय बीमा कम्पनी लिमिटेडले ७७ करोड २५ लाख रुपैयाँ कमाएको हो ।

सरकारीको स्वामित्वमा औद्योगिक क्षेत्रका १०, जनउपयोगी क्षेत्रमा ५, ब्यापारिक क्षेत्रमा ४, वित्तीय क्षेत्रका ९, सामाजिक क्षेत्रका ५, सेवा क्षेत्रमा ११ वटा संस्था गरी कुल ४४ संस्था सञ्चालित छन् । कुल ग्राहस्थ उत्पादनमा सार्वजनिक संस्थानको कुल सञ्चालन आयको अनुपात दश प्रतिशतभन्दा धेरै रहेको छ । सावजिनक संस्थान अन्तरगत आर्थिक वर्ष २०७८्७९ सम्म प्रत्यक्ष रुपमा २९ हजार ७४६ जना रोजगारीमा रहेका छन् । ४४ संस्थामा सरकारको कुल लगानी पौने ४ खर्ब रहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद