Media Network

सरकारको ऋण : ८१ अर्ब रुपैयाँ तिरियो, चार महिनामै फेरि एक खर्ब १३ अर्ब थपियो


खबरस्टोरी संवाददाता

१५ मंसिर २०८०,शुक्रबार

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको चार महिनामा ८१ अर्ब रुपैयाँभन्दा बढी ऋण तिरेको छ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कात्तिकसम्म सरकारले ८१ अर्ब ६४ करोड रुपैयाँ बराबर ऋणको साँवा तथा ब्याज भुक्तानी गरेको हो।

यसमध्ये सरकारले आन्तरिक ऋणबापतको ६५ अर्ब ४५ करोड रुपैयाँ भुक्तान गरेको छ। भुक्तानी भएमध्ये ४२ अर्ब ८४ करोड रुपैयाँ साँवा र २२ अर्ब ६१ करोड रुपैयाँ ब्याज रहेको छ।

त्यस्तै सरकारले कात्तिकमा १६ अर्ब १८ करोड रुपैयाँ बराबरको बाह्य ऋणबापतको दायित्व भुक्तान गरेको छ। जसमध्ये १२ अर्ब ६० करोड रुपैयाँ साँवा र तीन अर्ब ५८ करोड रुपैयाँ ब्याज भुक्तानी भएको छ।

एक खर्ब १३ अर्ब ऋण थपियो

ऋणको दायित्व भुक्तानीमा सुधार गरेको सरकारले चार महिनाको अवधिमा भने एक खर्ब बढी सार्वजनिक ऋण लिएको छ। कार्यालयको तथ्याङ्क अनुसार कात्तिकसम्म आन्तरिक र बाह्य गरी मुलुकले एक खर्ब १३ अर्ब १६ करोड रुपैयाँ सार्वजनिक ऋण लिएको हो। 

जसमध्ये ९७ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक र १५ अर्ब ८५ करोड रुपैयाँ बाह्य ऋण लिएको तथ्याङ्क छ। कात्तिकमा मात्रै सरकारको ऋणको दायित्व ९० करोड थपिएको छ। अन्य महिनाको तुलनामा कात्तिकमा कम ऋण लिइएको त्यसको तुलनामा साँवा र ब्याज भुक्तानी राम्रो हुँदा कम ऋण लिएको देखिएको हो।<

Share:
Reaction :
ताजा समाचार
खेलकुद