Media Network

सरकारले १८ अर्ब २० करोड बराबरको ट्रेजरी नवीकरण गर्ने


खबरस्टोरी संवाददाता

३० आश्विन २०७९,आईतवार

काठमाडौँ।नेपाल सरकारले आन्तरिक ऋण उठाउनका लागि १८ अर्ब २० करोड बराबरको ट्रेजरी बिल्स परिपक्क भएपछि नवीकरण गर्ने भएको छ ।सरकारले असोज ३१ गते सोमबार १८ अर्ब २० करोड पुरानो ट्रेजरी बिल्सलाई नवीकरण गर्न लागेको हो ।

 नेपाल राष्ट्र बैंकले २ अर्ब बराबरको २८ दिने, ५ अर्ब २० करोडको ९१ दिने, ५ अर्बको १८२ दिने तथा ६ अर्बको ३६४ दिने ट्रेजरी बिल्स नवीकरण गर्न लागिएको जनाएको छ ।

सरकारले यसभन्दा अघि असोज २४ गते १८ अर्ब २५ करोड रुपैयाँ बरावरको ट्रेजरी बिल्स नविरकण गरेको थियो ।

केन्द्रीय बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ८ अर्ब रुपैयाँ, १८२ दिन अवधिको २ अर्ब २५ करोड रुपैयाँ र एक वर्ष अवधिका लागि ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गरेको हो ।जसका लागि बैंकहरुले ११.५० प्रतिशतसम्म ब्याजदर कबुल गरेका थिए ।

बैंकहरुले उच्च ब्याज कबुलेपछि राष्ट्र बैंकले एक वर्ष अवधिको २ अर्ब ६० करोडको ट्रेजरी बिल आफैं खरिद गरेको थियो । उक्त ट्रेजरी बिलको ४० करोड रुपैयाँ मात्र मात्र बैंकहरुले पाएका थिए । जसको औसत ब्याज दर १०.०५ प्रतिशत कायम भएको छ।

२८ दिन अवधिको ट्रेजरी बिलको औसत ब्याजदर ९.५४, ९१ दिन अवधिको १०.१४२, १८२ दिन अवधिको १०.०६९ प्रतिशत ब्याजदर कायम भएको थियो ।  नवीकरण गरेको ट्रेजरी बिलमध्ये सबैको अधिकतम ब्याज १० प्रतिशत माथि छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद