Media Network

सरकारले गहुँको समर्थन मूल्य तोक्यो, प्रतिक्विन्टल ३ हजार ६५० रुपैयाँ


खबरस्टोरी संवाददाता

१२ पुष २०८०,बिहीबार

काठमाडौं । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ ।बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६५० रुपैयाँ बनाउने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

त्यस्तै, बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सदस्य सचिव पदमा महेश भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको उनले बताइन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद