Media Network

सार्वजनिक गाडी चढ्ने वित्तिकै १९ रुपैयाँ तिर्नुपर्ने


खबरस्टोरी संवाददाता

८ भाद्र २०८०,शुक्रबार

काठमाडौँ।छोटो दूरीको सार्वजनिक सवारी साधनको भाडा बढेको छ । नयाँ भाडादर बिहीबारदेखि नै लागू भएको वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।

अब सार्वजनिक सवारीसाधनमा ५ किलोमिटरसम्मको यात्रा गर्दा १९ रुपैयाँ तिर्नुपर्नेछ । यसअघि १५ किमीसम्म भाडादर १८ रुपैयाँ थियो ।

उपत्यकामा १० किलोमिटर दूरीसम्म २६ रुपैयाँ, १५ किलोमिटरसम्म ३१ रुपैयाँ, २० किलोमिटरसम्म ३५ रुपैयाँ र २० किलोमिटरभन्दा माथिको दूरीमा ४० रुपैयाँ भाडा तोकिएको छ ।

यसअघि २० किलोमिटरसम्म यातायात चढ्दा ३२ रूपैयाँ तिर्नुपर्ने थियो । यस्तै, २० किलोमिटरभन्दा माथि ३७ रुपैयाँ लाग्थ्यो । काठमाण्डौं उपत्यकाबाहेक वाग्मती प्रदेशमा चल्ने सार्वजनिक सवारीसाधनको भाडादर ५.३१ प्रतिशत वृद्धि भएको छ ।

त्यस्तै ट्याक्सीको सुरुवाती भाडा दर ’फ्याग’ ५२ रुपैयाँ तोकिएको छ भने प्रति २०० मिटर भाडादर १०.३४ रुपैयाँ कायम गरिएको छ । यद्यपि राति ९ बजेदेखि बिहान ४ बजेसम्म चल्ने ट्याक्सीमा सुरुवाती भाडा ५२ कायम गरी प्रति २०० मिटरको हकमा १५ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।

                         

Share:
Reaction :
ताजा समाचार
खेलकुद