Media Network

सार्वजनिक यातायातको भाडा घट्यो


खबरस्टोरी संवाददाता

१ श्रावण २०८०,सोमबार

काठमाडौं । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु भए लगतै सार्वजनिक यातायातको भाडा पनि घटेको छ ।स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाए लगत्तै यातायात व्यवस्था विभागले पनि सार्वजानिक भाडामा समायोजन गरेको हो ।

स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ । त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए ।

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु हुनासाथ सार्वजनिक र मालवाहक सवारी साधनको भाडा दर समायोजन गर्ने मन्त्री ज्वालाले आइतबार नै मातहतको निकायलाई निर्देशन दिएका थिए ।

https://drive.google.com/file/d/1Lxr6fba16OpPpW2Oedxa9Sgo6IOH3p6f/view

Share:
Reaction :
ताजा समाचार
खेलकुद