Media Network

सर्वसाधारणले अप्पर लोहोरे खोलाको आईपीओ खरिद गर्ने आज अन्तिम दिन


खबरस्टोरी संवाददाता

२२ श्रावण २०८०,सोमबार

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले साउन १८ गतेदेखि निष्कासन गरेको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्कासन तथा बाँडफाँटपछि सर्वसाधारणमा निष्कासन गरेको हो ।  

कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ४९ प्रतिशत अर्थात २४ लाख ९८ हजार ४० कित्ता आईपओि सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये १ लाख ९८ हजार ८२४ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरिएको छ भने आयोजना प्रभावित स्थानीयमा २ लाख ६ हजार ७६० कित्ता आईपीओ बाँडफाँट गरिएको हो । 

स्थानीयका लागि छुट्याएको ५ लाख ९ हजार ८०४ कित्ता आईपीओ छुट्याईएको थियो । स्थानीयमा वितरण हुन नसकेको शेयर समेत थप गरी सर्वसाधारणमा १९ लाख ५३ हजार २७९ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । कम्पनीले ३९ हजार ७६५ कित्ता कर्मचारीहरुका लागि र ९९ हजार ४१२ कित्ता आईपीओ सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ ।  

छिटो अवधि साउन २२ गतेभित्रै मागभन्दा बढी आवेदन परिसकेको अवस्थामा कम्पनीले विक्री बन्द गर्न लागेको हो । साउन २१ गते साझ ५ बजेसम्म कम्पनीको आईपीओ खरीदका लागि १० लाख ५० हजार १९६ जनाले आवेदन दिएका छन् । यी आवेदकहरूबाट १ करोड १९ लाख ६५ हजार १२० कित्ता आईपीओ खरीद माग भएको जानकारी सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको छ । जुन मागभन्दा ६ दशमलव १३ गुणा बढी आवेदन हुन आउँछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर अनलाईन मार्फत समेत आवेदन दिन सकिनेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद