Media Network

सूर्यज्योति लाइफको सिइओमा खत्री नियुक्त


खबरस्टोरी संवाददाता

१४ पुष २०७९,बिहीबार

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रकाश बिक्रम खत्री नियुक्त भएका छन् । कम्पनीको पुस ७ गते बसेको संचालक समितिको बैठकले खत्रीलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

खत्रीलाई संचालक समितिले सूर्यज्योति लाइफको सिइओमा नियुक्ति स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरण समक्ष पेश गरेकोमा प्राधिकरणको पुस ८ गतेको पत्र मार्फत स्वीकृत भइ आएको छ । पुस ८ गते बसेको कम्पनी संचालक समितिको बैठकले खत्रीलाई आगामी ४ वर्षका लागि सिइओमा नियुक्त गरेको हो ।

उनले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा बैंकिङ, तथा बीमा र अन्य कम्पनीहरुमा विभिन्न पदमा रही लामो कार्यअनुभव हासील गरिसकेका छन् । खत्रीले बेलायतको सबै भन्दा ठुलो बार्कलेज बैंकबाट आफ्नो पेशागत यात्रा शुरु गरेका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद