Media Network

सूर्योदय वोमी लघुवित्तको बैशाख ३० गते साधारण सभा


खबरस्टोरी संवाददाता

२० चैत्र २०७९,सोमबार

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले २०८० बैशाख ३० गते ११ औं वार्षिक साधारण सभा गर्ने भएकोछ  । सभा धुलिखेल लज रिसोर्ट प्रा।लि को सभाहल धुलिखेल न.पा. ३ काभ्रेपालञ्चोकमा बिहान ९ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र प्रस्तावित लाभांशलाई अन्तिम स्वीकृती प्रदान गर्नेछ । 

सभाले कम्पनीको  पूँजी संमरचना संस्थापकको समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत  हुने गरी परिवर्तन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद