Media Network

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम सञ्चालन


खबरस्टोरी संवाददाता

११ फाल्गुन २०७९,बिहीबार

काठमाडौं।सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम सञ्चालन गरेको छ । यही फागुन एक गते देखि नौं गतेसम्म कम्पनीको प्रधान कार्यलय थापाथलीमा कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुका लागि सो तालिम आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ । काठमाडौं उपत्यका बहिरका स्थानहरु बर्दिबास, मिर्चैया, गाईघाट, बिराटनगर, धरान, इनरुवा, बिराटचोक, बिर्तामोड लगायतका विभिन्न स्थानमा कम्पनीसँग आवद्ध अभिकर्ता एवम सम्पुर्ण कर्मचारिहरुको सहभागितामा सो तालिम कार्यक्रम सञ्चालन गरिएकोे थियो । 

कम्पनीको व्यवस्थापन समुह समेतको उपस्थिती रही कम्पनीका सम्पुर्ण कर्मचारीहरुलाई दिइएको तालिम कम्पनीका कानुन, अनुपालन तथा जोखिम व्यवस्थापन अधिकृत बिदुर बहादुर भुजेलले प्रस्तुत गरेका थिए । उक्त तालिममा गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको थियो ।

साथै काठमाडौं उपत्यका बाहिरका स्थानहरुमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल स्व्यमले नै प्रस्तुत गरेका थिए । उनले यसको महत्व र प्रभावका साथै यसलाई कार्यन्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिए । साथै यस प्रकारको कार्यक्रम देशभरी क्रमशः विस्तार गरिने समेत बताए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद