Media Network

सिटिजन लाईफले कमायो १५ करोड नाफा


खबरस्टोरी संवाददाता

१९ बैशाख २०८०,मंगलवार

काठमाडौँ। जीवन बीमा कम्पनी सिटिजन लाईफ इन्स्योरेन्सले तेस्रोत्रैमासमा आउँदा १५ करोड बढी नाफा गरेको छ। इन्स्योरेन्स कम्पनीले सार्वजनीक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको अवित्तीय विवरण अनुसार समिक्षा अवधिसम्म कम्पनी १५ करोड १ लाख ४८ हजार नाफामा देखिएको हो।

कम्पनी अघिल्लो त्रैमास अर्थात पुससम्म १२ करोड नाफामा थियो भने गत वर्षको तेस्रो त्रैमाससम्म आउँदा साढे १४ करोड नाफामा थियो।

इन्स्योरेन्सले चैतमसान्तसम्म ३ अर्ब ७२ करोड ८२ लाख ८९ हजार खुद बीमाशुल्क संकलन गरेको छ । समिक्षा अवधिमा खुद दाबी भुक्तानी भने १ अर्ब १३ करोड ८४ लाख रुपैयाँ बढी गरेको छ।

कम्पनीको चुक्ता पुजीँ २ अर्ब ६२ करोड ५० लाख रहेको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद