Media Network

सिटिजन्स बैंकको १६ औं वार्षिक साधारण सभाद्घारा नौं प्रतिशत नगद लाभाशं पारित


खबरस्टोरी संवाददाता

४ कार्तिक २०७९,शुक्रबार

काठमाडौं।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १६ औं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा शुक्रबार, अमृतभोग, कालिका स्थान, डिल्लीबजार, काठमाण्डौमा सम्पन्न भएको छ । सो अवसरमा आ.व. २०७८÷७९ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ ।

बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको एन।एफ।आर।एस बमोजिम तयार गरिएको वासलात, आ.व. २०७८÷७९ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ । त्यसै गरी साधारण सभाले गत आर्थिक वर्ष २०७८÷७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड नौं लाख ७४ हजार छ रुपैंयाँको नौं प्रतिशतका दरले हुन आउने एक अर्ब २७ करोड ८० लाख ८७ हजार छ सय २१ रुपैंयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । यससगै सिटिजन्स बंैक आ.व. २०७८÷७९ को लाभाशं पारित गर्ने पहिलो बैंक बनेको छ । 

साथै साबिक सिर्जना फाइनान्सलाई प्राप्ति गरे पश्चात साबिक पूँजी संरचना ५१स्४९ परिबर्तन भई कायम भएको पूँजी संरचना ५१.०७स्४८.९३ संथापक शेयरधनिहरुले धारण गरेको जम्मा शेयरस् साधारण शेयरधनीहरुले धारण गरेको जम्मा शेयर) बमोजिम प्रबन्धपत्रमा संसोधन गर्ने प्रस्ताब समेत साधारण सभाले पारित गरेको छ । 

सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हाँसिल गर्ने सक्ने विश्वास सभालाई गराए । साथै संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने तर्फ बैंक प्रतिबद्घ रहेको कुरा जानकारी गरे । यसका साथै शेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुले पु¥याउनु भएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदाशयता निरन्तर प्राप्त हुने आशा प्रकट गरे । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद