Media Network

सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेलको निरन्तरता


खबरस्टोरी संवाददाता

१९ माघ २०७९,बिहीबार

काठमाडौं।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बुधबार बसेको ४११ औं सञ्चालक समितिको बैठकले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललाई आगामी ४ बर्षको कार्यकालका लागि सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको छ । पोखरेलले स्थापना काल देखिनै बैंकसंग आवद्ध भई विभिन्न ओहदामा रहि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । साथै २०६५ साल देखिनै दोस्रो वरियतामा रहि बैंकमा कार्य सम्पादन गर्दै आएका छन् । 

पोखरेलले बैंकको नेतृत्वदायी भूमिका सम्हालेर उदाहरणीय लगन, परिश्रम, दृढता, संकल्प, दक्षता र दृढ अठोट प्रदर्शन गर्नु हुदैँ आफ्नो प्रथम कार्यकाल पूर्णरुपमा सफल भएका छन् । उनको कार्यकालमा ग्राहक संख्या, डिम्याट संख्या, मोबाईल बैकिङ तथा अन्य डिजिटल एवं ट्रानजेक्सन बैकिङ सेवा सुविधा लगायतका अधिकांश सूचक तथा ब्राण्डिङ्मा राम्रो उपलब्धी हाँसिल गर्न सफल भएको छ । 

बैंकले उहाँको पहिलो ४ बर्षे कार्यकालमा निक्षेप औषतमा वार्षिक २६.०४% बृद्धि गरि हाल रु १६१.४५ अर्ब पुगेको छ भने कर्जा औषतमा वार्षिक २३.६२% बृद्धि गरि हाल रु १४२.५४ अर्ब र चुक्ता पूँजी रु. १४.२० अर्ब पुगेकोे छ । त्यसै गरि खुद नाफा ४ वर्षमा औषतमा वार्षिक १२ दशमलव ९१ प्रतिशतले बृद्धि भई आ.व. २०७८÷७९ मा रु २ अर्ब पुगेको छ ।  सोहि अबधिमा बैंकको पँुजि कोष सबल बनाउने, शाखा तथा व्यापार व्यवसाय बढाउने ध्येयले प्रदेश १ मा सृजना फाईनान्स लिमिटेड, मधेश प्रदेशमा सहयोगी विकास बैंक लिमिटेड र लुम्बिनी प्रदेशमा तिनाउ  मिशन विकास बैंक लिमिटेडलाई समेत प्राप्ति गरि बैंकले हाल देशैभरी १८२ शाखा कार्यालय, ३ विस्तारित काउण्टर, १३५ ब्त्ः, ९७ शाखा रहित बैंकिङ इकाई र २० माईक्रो फाईनान्स इकाईबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकको १५ लाखभन्दा बढीको संख्यामा ग्राहकहरु रहेको छ ।

बैंकिङ्ग क्षेत्रमा एक अनुभवी बैंकरका रुपमा परिचित पोखरेलले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानुनमा स्नातक तथा काठमाडौं विश्वविद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर भएको छ । बैंकमा आबद्व हुनु अगाडी उनले विभिन्न संस्थामा महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सकेका छन् । व्यवस्थापन क्षेत्रमा ३० वर्ष लामो अनुभव भएका श्री पोखरेल दूरदर्शी, लगनशील, मृदुभाषी तथा दृढ इच्छा शक्ति भएका व्यक्तिका रुपमा परिचित हुन । नीति नियमको अनुपालना आफ्नो प्राथमिकतामा पर्ने र यस अवधिमा बैंकलाई थप उचाईमा पु¥याउने गरी काम गर्ने प्रतिवद्वता उहाँले आज आयोजित उच्च व्यवस्थापन तथा शाखा प्रबन्धकहरुको एक बैठकमा व्यक्त गर्नु भएको छ । भित्र सिस्टम, बाहिर इमेजको मूल उद्देश्य सहित पोखरेलले कार्य आरम्भ गरेका छन् ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद