Media Network

सिटिजन्स बैंकद्वारा च्याटबट सेवा-सिटिजन्स साथीको सुरुवात


खबरस्टोरी संवाददाता

२३ कार्तिक २०७९,बुधबार

काठमाडौँ।डिजिटल बैंकिङ्गलाई सधैं प्राथमिकतामा राख्दै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाहरु डिजिटलाइज गर्र्नेे क्रममा आफ्ना आदरणीय ग्राहकहरुका लागि वेबसाइट मार्फत च्याटबट सेवा सिटिजन्स साथिको शुभारम्भ गरेको छ । यस नवीनतम सेवा मार्फत अब आदरणीय ग्राहकहरूले कुनै पनि बैंकिङ्ग सेवाहरूको अनुरोध सिधै च्याटबट सेवा सिटिजन्स साथि द्वारा गर्न सक्ने छन् । साथै ग्राहकहरूले बैंकिङ्ग सेवा सम्बन्धी जिज्ञासाहरूको लागि यस प्लेटफर्म मार्फत बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सक्ने छन् । यस सेवा गा्रहक मैत्री हुनुका साथै ग्राहकहरूका लागी अझ सहज, सुरक्षित, सर्वसुलभ, र विश्वास योग्य हुने विश्वास बैंकले लिएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३३ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  करिव १४ लाख ९० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क, ई.के.वाई.सी। तथानागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ । साथसाथै, यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्ेश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद