Media Network

स्थगित भयो भरतपुर भ्रमण वर्ष-२०२४


खबरस्टोरी संवाददाता

६ पुष २०८०,शुक्रबार

चितवन । तामझामका साथ सुरु गर्ने तयारी गरेर सार्वजनिक निमन्त्रणा समेत गरिसकेपछि भरतपुर महानगरले भ्रमण वर्ष २०२४ स्थगित गर्ने निर्णय गरेको छ ।महानगरको आज भएको कार्यापालिका बैठकले जनवरी १ देखि सुरु गर्ने भनी तयारी गरेको भरतपुर भ्रमण वर्षको तयारी नपुगेको भन्दै स्थगित गर्ने निर्णय गरेको हो ।
‘अहिलेलाई स्थगित गरेर केही समय पछि गर्ने गरि तयारी गर्नेछौँ,’ भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले भने । यसअघि काठमाडौँदेखि भरतपुरसम्म भरतपुर भ्रमण वर्षको तयारी भन्दै महानगरले पटक पटक छलफल तथा बैठकहरु राखेको थियो ।
अहिले भरतपुर महानगरको सडक मर्मत अझै सकिएको छैन । नारायण मुग्लिन सडक पनि दिनमा ४ घण्टा बन्द गरेर मर्मत भइरहेको छ । भने, ‘नारायणगढ बुटवल सडक खण्ड पनि निर्माण सकिएको छैन, यस्तो अवस्थामा भ्रमण वर्ष सफल नहुने कार्यपालिका बैठकले निर्णय गरेको हो ।’
कार्यपालिका बैठकले आउँदो पुस २२ गते बस्ने नगरपरिषद्बाट थप कार्यक्रम तय गर्ने निर्णय समेत गरेको छ । महानगरको मुख्य बजार क्षेत्रमै सडक अस्तव्यस्त भएपछि भ्रमण वर्ष सार्न नीजि क्षेत्र तथा सरोकारवाले समेत सुझाव दिएका थिए ।
यसअघि २०८० बैशाखदेखि सुरु गर्ने भनिएको भरतपुर भ्रमण वर्ष तयारी नपुगेको भन्दै २०२४ जनवरीको लागि सारिएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद