Media Network

सिद्धार्थ बैंकको एक करोड बीमा सुविधा सहितको श्रीवृद्धि प्लस मुद्धती खाता


खबरस्टोरी संवाददाता

१४ पुष २०७९,बिहीबार

काठमाडौं।सिद्घार्थ बैंक लिमिटेडले २० औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक प्रतिफलका साथमा एक करोड रुपैंयाँसम्मको म्यादीजीवन बीमा सुविधा प्राप्त गर्न सकिने नविनतम मुद्दती योजना सञ्चालनमा ल्याएको छ । व्यक्तिगत ग्राहकवर्गहरुलाई लक्षित गरी ल्याइएको यो मुद्दती योजना अन्र्तगत न्यूनतम ५० हजार रुपैंयाँमा खाता खोल्न सकिनेछ ।

बैंकका अनुसार यो मुद्धती योजनामा ग्राहकवर्गहरुले निक्षेप रकमको दुई गुणा सम्मको प्रतिफल प्राप्त गर्न सकिने छ ।  । यसका अतिरिक्त, पहिलो वर्षको लागी निस्शुल्क युएनओ क्रेडिट कार्ड सुविधा समेत प्राप्त गर्न सकिने छ । यो मुद्धती योजनाको बीमा साझेदार महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड रहेको छ । ग्राहकवर्गहरुले सिद्धार्थ बैंककोे सबै शाखा कार्यालयहरुबाट सहजै यो मुद्दती खाता खोल्न सकिने बैंकले जानकारी दिएको छ ।  

सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), २१५ वटा ए.टि.एम्, ११८ शाखारहित बैंकिङ्ग सेवा र १,८०० भन्दा बढी पिओएस् मेसिन मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बंैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिंदै सुरक्षित तरिकाले अनलाईनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न डिजिटल बैंकिङ्ग सुविधाहरु आफ्नो वेबसाइटमा रहेको इजी बैंक पोर्टल मार्फत समेत प्रदान गर्दै आएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद