Media Network

सिद्धार्थ बैंकको नयाँ शाखा न्यूरोड गेट, भैंसेपाटी र लुभूमा


खबरस्टोरी संवाददाता

३ कार्तिक २०७९,बिहीबार

काठमाडौं।सिद्घार्थ बैंक लिमिटेडले बुधवार काठमाडांै स्थित न्यूरोड गेटमा र ललितपुर स्थित भैंसेपाटी र लुभूमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले सो क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पु¥याउने उद्देश्यका साथ उक्त शाखाहरु सञ्चालनमा ल्याएको जानकारी दिएको छ । उक्त शाखाहरु विस्तार पश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १९३ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ ।

सजिलो बंैैकिङ्ग सेवा (शाखारहित बैंकिङ) एटिएम, पि ओ एस् मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंकको वेबसाइटमा रहेको इजी बैंक पोर्टलमार्फत बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, ४५० भन्दा बढि व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको युएनओ क्रेडिट कार्ड जस्ता सेवा मार्फत् बैंकले उच्चस्तरिय बंैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंक ग्राहकवर्गहरुको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद