Media Network

सिद्धार्थ बैंकको साढे पाँच लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री खुला


खबरस्टोरी संवाददाता

६ मंसिर २०८०,बुधबार

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको पाँचलाख ४९ हजार ५७३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीका संस्थापक सेयरधनी प्रदीप कुमार केडियाले चार लाख ५४ हजार ५६३ कित्ता र प्रुडेन्सियल क्यापिल क्यानेजमेन्ट कम्पनीले ९५ हजार १० कित्ता बिक्रीका लागि आवेदन दिएका हुन् ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक संस्थापक सेयरधनी वा अन्य जो कोहि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (मंसिर ६ गते) ले ७ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय हात्तिसार काठमाडौँमा आवेदन दिन सकिनेछ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद