Media Network

सिद्धार्थ बैंकद्धारा चार सय रुपैंयाँको क्यासब्याक योजना सार्वजनिक


खबरस्टोरी संवाददाता

४ कार्तिक २०७९,शुक्रबार

काठमाडौँ।सिद्घार्थ बैंक लिमिटेडले तिहारको शुभ अवसर पारी ग्राहकहरुलाई लक्षित गर्दै डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ चार सय रुपैंयाँको क्यासब्याक योजना  ल्याएको छ 

यो योजना अन्तर्गत ग्राहकहरुले बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पाँच सय रुपैंयाँ वा सो भन्दा बढि रकमको पिओएस् अथवा अनलाइन कारोबार गर्दा चार सय रुपैंयाँसम्म क्यासब्याक पाउन सक्ने छन् । यसको विस्तृत जानकारी तथा शर्तहरू बैंकको वेबसाईटबाट प्राप्त गर्न सकिने जानकारी बैंकले दिएको छ । 

यो योजनाले नगद भुक्तानी बाट डिजिटल भुक्तानीतर्पm आकर्षित गर्ने विश्वास बैंकले लिएको छ । आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट तथा क्यासब्याक योजना दिंदै आएको र आगामी दिनहरुमा पनि यस्ता योजनाहरु निरन्तर लागु गर्दै जाने बैंकको योजना रहेको छ ।

सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले हाल देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११८ शाखारहित बैंकिङ्ग सेवा, १,७०० भन्दा बढी पिओएस् मेसिन र २०,००० भन्दा बढी क्यु आर मर्चेन्ट मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बंैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिंदै सुरक्षित तरिकाले अनलाईनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न डिजिटल बैंकिङ्ग सुविधाहरु आफ्नो वेबसाइटमा रहेको इजी बैंक पोर्टल मार्फत समेत प्रदान गर्दै आएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद